टी–ट्वान्टी लिग: फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित {भिडियो}
काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा पहिलो जित हात पार्ने क्रममा फार वेस्टले काठमाडौंलाई ४ विकेटले हराएको हो।
९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले। देव खनालले १७ रन बनाउँदा भिम सार्किले ११ रन बनाए।
काठमाडौंका लागि अनिल खरेलले २ तथा अजमतुल्लाह उमरजाई,अबिनाश बोहरा,रायन बर्ल र बसिर अहमदले समान १-१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो।
काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए। फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी,भुवन कार्कीले समान २–२ तथा शेर मल्लले १ विकेट लिए। काठमाडौं २ खेलमा २ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । फार वेस्ट २ खेलमा १ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ।
हेर्नुहोस् भिडियो:
No ads found for this position

डिसी नेपाल
Facebook Comment