प्रिमियर लिगमा सात खेल हुँदै

डिसी नेपाल
११ पुष २०७९ १७:०८

काठमाडौं । लामो समय विश्राममा रहेको इंग्लिस प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरु बक्सिङ डेसँगै सुरु हुने भएको हो । पहिलो दिन सात खेलहरु हुनेछन् ।

साँझ सवा ६ बजे ब्रेन्टफोर्ड र टोटनहम भिड्दैछन् । यसैगरी पौने ९ बजे चार खेलहरु हुने तालिका छन् । लेस्टर सिटी र न्युक्यासल युनाइटेड, एभर्टन र उल्भ्स, क्रिस्टल प्यालेस र फुलहम तथा साउथह्याम्पटन र ब्राइटनबीच एकै समयमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी सवा एघारबजे एस्टन भिल्ला र लिभरपुलबीच प्रतिस्पर्धा हुँदा पौने दुई बजे आर्सनल र वेस्टहमबीच भिडन्त हुनेछ ।

प्रिमियर लिगमा ३७ अंकसहित आर्सनल शीर्षस्थानमा छ । ३२ अंकको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहँदा न्युक्यासल ३० अंक सहित तेस्रो स्थानमा छ । टोटनहम चौथो र म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा छन् । नटिंघम फोरेस्ट, साउह्याम्पटन र उल्भ्स रेलिगेशन क्षेत्रमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *