सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु {भिडियो}

डिसी नेपाल
१२ पुष २०७९ १५:४५

काठमाडौं । सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप आयोजना गरिने जानकारी दिएको हो ।

प्रतियोगीतामा पुरुषतर्फ १५ र महिला तर्फ ८ टीम सहभागी हुने संघले जनाएको छ । प्रतियोगिताको विजेताले ४ लाख , उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

संघका अध्यक्ष चन्दले सिमित बजेटको बाबजुत संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीता गर्न सफल भएको बताए । उनले भलिवलको जुनियर टिमहरुको फर्मेशन गर्ने काम पनि सुरु भइसकेको जानकारी दिए । चन्दले संघका सवै गतिविधिहरु पारदर्शी रहेको पनि दावी गरे।

त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी–एनभीए क्लब लिग खेल्न पाउने छन् । प्रतियोगीता सम्पन्न गर्न करिव ४६ लाख लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।

हेनुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *