खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद गरे घेराउ {भिडियो}

डिसी नेपाल
१२ पुष २०७९ १६:०७

काठमाडौं । नेपाल तेक्वान्दो संघ विघटन गरेको विरोधस्वरुप तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) घेराउ गरेका छन् । अस्तित्वमा रहेको संघलाई नियमविपरित खारेज गरेको भन्दै उनीहरुले त्रिपुरेश्वरस्थीत राखेपको कार्यालय घेराउ गरेका हुन् । राखेपले खेल र संघहरुमाथिको अतिक्रमण नीति लिएकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको उनीहरुले जनाएका छन् । खेलाडी तथा प्रशिक्षकहरुले नवौं राष्ट्रिय खेलकुदमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका छन् ।

उनीहरुले खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर, राष्ट्रिय खेलकुद परिषद् खारेज गर, खेलकुदको स्वायततासहतिको अतिक्रमण बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रदीप जोशीले राखेपको दादागीरि स्वीकार्य नहुने बताए । उनले राखेप सदस्य सचिव नै हट्नुपर्छ भन्ने आफुहरुको मुख्य माग भएको जिकिर गरे । जोशीले सवै भन्दा बढि मेडल ल्याउने खेललाई नै राखेपले पटक पटक विवादमा ल्याउने काम गरेको आरोप लगाए ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै एक साता अघि तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघ बिघटन गर्दै दर्ता खारेज गरेको थियो ।

हेनुहोस् भिडियो:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *