नेपाल टी–२० लिगः लुम्बिनी र काठमाडौंको जित

डिसी नेपाल
१२ पुष २०७९ १७:१२

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा मंगलबार भएको खेलमा लुम्बिनी अल स्टार र काठमाडौं नाइट्सले जित हासिल गरेका छन् । टियु क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोर्न बाध्य भयो । लुम्बिनीको भने यो लगातार तेस्रो जित हो ।

पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ तथा शाडले क्लाउड भान शाल्कविकले अविजित ३१ रन बनाए । उन्मुक्त चन्दले २२ रन बनाए । अनिल शाहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए । पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २÷२ तथा प्रतिश जिशी, अभिमन्यु मिथुन र जाहिर खानले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकिय ईनिङ खेले । उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि शाडले क्लाउड भान शाल्कविकले ३ तथा किशोर महतो र गुलसन झाले समान २/२ विकेट लिए ।

यस्तै मंगलबार नै भएको अर्को खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको छ । काठमाडौंले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा अलआउट हुदै १ सय ५५ रन मात्र बनाउन सक्यो । त्यसअघि पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५५ लाख पाउने जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *