प्यालेस्टाइनलाई समर्थन गरेका कारण विश्वकपमा रोनाल्डोलाई खेल्न नदिएर बेन्चमा राखियो

डिसी नेपाल
१४ पुष २०७९ ११:२५
10.7k
Shares

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले रोनाल्डोलाई प्यालेस्टाइनलाई समर्थन गरेकोले फुटबल विश्वकपमा राजनीतिक रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

टर्कीको आधिकारिक एनाडोलु एजेन्सीका अनुसार अर्दोआनले एक कार्यक्रममा भने, “उनीहरूले रोनाल्डोलाई ‘खेर’ फाले । दुर्भाग्यवश, उनीहरूले उनीमाथि राजनीतिक प्रतिबन्ध लगाए। खेलको ३० मिनेट मात्रै बाँकी हुँदा रोनाल्डोजस्तो खेलाडीलाई मैदानमा पठाउनु भनेको मानसिक रूपमा विचलित बनाउनु हो। जसले उसको सबै उर्जा खेर गयो।”

उनले भने, ‘रोनाल्डो प्यालेस्टाइनको पक्षमा उभिने व्यक्ति हुन् ।’ विश्वकपको क्वाटरफाइनल खेलमा ३७ वर्षीय रोनाल्डोलाई दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा पठाइएको थियो। खेलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *