सबै कम्युनिष्ट एक ठाउँमा नआएसम्म समाजवादको लक्ष्य प्राप्त गर्न सकिदैनः महरा

डिसी नेपाल
२२ पुष २०७९ २०:१२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिष्ट एक ठाउँमा नआएसम्म समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने जिकिर गरेका छन् ।

नेकपा माओवादी समाजवादीले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रवक्ता महराले समाजवादका निम्ति छलफल र बहस गर्न साझा मञ्च बनाउन आवश्यक रहेको पनि बताए ।

“पार्टीभित्रका समस्याको सबैले आआफ्नो तर्फबाट आत्मसमिक्षा गर्न जरुरी छ”, प्रवक्ता महराले भने।

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको व्यवस्थाकै निरन्तरताबाट समाजवादमा पुग्न नसकिने भन्दै क्रमभङ्ग आवश्यकता रहेको बताए । उनले पनि परिवर्तनका लागि एकता हुनुपर्नेमा जोड दिए ।

नेकपा (क्रान्तिकारी माओवादी)का नेता परी थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य, नेकपाका केन्द्रीय सदस्य चिरन पुन, राजु कार्की, जागृत रायमाझी, अरुण गुरुङलगायतले वैज्ञानिक समाजवादको लागि विभाजित कम्युनिस्ट नेताले नयाँ शिराबाट छलफल गरी एक ठाउँमा आउनुपर्नेमा जोड दिएका थिए। नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *