लघुकथा: गुहु-मूत
कार्यालय भित्र पस्दै थिएँ। कार्यालय प्रमुखकले भने,”आज कार्यालय एकदम चिटिक्क र सफा हुनुपर्छ।’ सकेसम्म कार्यालय चम्काउने कोसिस गरेँ।
सफाई सकिएपछि कार्यालय प्रमुखलाई अवलोकन गराएँ। कार्यालय प्रमुख खुसी हुनुभयो। मेरो मन पनि खुसीले फुरुङ्ग भयो।
कार्यालयको अवस्था र सफाइको अवलोकन गर्न आएका कर्मचारीले सबै जाँच गरिसके पछि फाइल तयार गरे। विदेशी संस्थाको कार्यालय भएकोले जाँच गर्ने व्यक्ति पनि विदेशी नै थिए।
फाइल हेरेपछि कार्यालय प्रमुखको अनुहारमा चमक उड्यो।केही बोलेनन्। कार्यालयको चर्पीतिर गए। मैले लुसुक्क फाइल हेरेँ। मेरो पनि होस उड्यो।
फाइलमा लेखिएको थियो,”गुहु-मूत समाल्न नसक्नेले संस्था कसरी समाल्ला।”
No ads found for this position
प्रतिक्रिया


Facebook Comment