प्रतिपक्षमा रहेर रचनात्मक काममा लाग्ने कांग्रेस संसदीय दलको निष्कर्ष

डिसी नेपाल
२३ पुष २०७९ १४:४६

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा अब कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले आजको संसदीय दलको बैठकका अब कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्न सक्छ भनेर छलफल भएको बताए । बाहिर आएको हल्ला जस्तो सरकार बनाउने वा ढलाउने प्रक्रियामा कांग्रेस नलाग्ने पनि उनले बताए ।

संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मात्रै छलफल भएको बताए । नयाँ विषयले बैठकमा प्रवेश नपाएको उनको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *