कांग्रेस कमजोर छैन भन्दै सांसद बस्नेतको व्यङ्य- बोका मोटाए पनि हजार धार्नी हात्ती दुब्लाए पनि हजार धार्नी

डिसी नेपाल
२३ पुष २०७९ १५:३६

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आजको संसदीय दलको बैठकमा सामान्य विषयमा मात्रै छलफल भएको बताए । आज पहिलो बैठक भएकाले आगामी २६ पुसमा हुने संसदको पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयले पनि प्रवेश पाएको बताए ।

उनले कांग्रेस ठूलो पार्टी भएका हिसाबले सरकारको विभिन्न तहमा हिस्सेदारी, सरकारमा सहभागीताका विषयमा विभिन्न दलहरूसँग छलफल पनि भएरहेको बताए । यसका लागि कांग्रेसले आफ्ना कुरा राख्दै आएको बताए ।

उनले अहिले विभिन्न दलहरू सांसद बोकेर पसल थापिरहेको र यसमा कांग्रेसले आफ्नो निर्णय सुनाइरहेको बताए । संसदीय दलको बैठकबाट बारिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा नरहे पनि कांग्रेसको भूमिका नघट्ने बताए । उनले बोका मोटाए पनि हजार धार्नी हात्ती दुब्लाए पनि हजार धार्नी भनेर व्यङ्य पनि गरे । उनका अनुसार आगामी बैठक २६ पुस बिहान बस्ने छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *