विश्वासको मत दिने बिषयमा कांग्रेस अनिर्णीत, गठबन्धन भत्काउन नखोजेको प्रष्ट्रिकरण

डिसी नेपाल
२३ पुष २०७९ १५:४७

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको छ।

सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुष २५ र २६ गते बस्ने प्रतिनिधिसभाको बैठकको प्रक्रियाबारे सांसदलाई जानकारी गराउदै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको हो।

बैठकपछि कांंग्रेस मुख्य सचेतक रमेश लेखकले सदनमा कांग्रेसका सांसदहरुले खेल्नुपर्ने भूमिका र तयारीका बारेमा जानकारी गराइएको बताए। अहिलको निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने मतदाताप्रति बैठकले आभार व्यक्त गरेको छ भने निर्वाचन सफल पार्न भूमिका खेल्ने सवैप्रति पनि आभार व्यक्त गर्ने निर्णय गरेको लेखकले बताए।

उनले विश्वासको मतका बिषयमा छलफल गर्न पुष २६ गते पुन संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गर्ने जानकारी दिए। लेखकले अहिलको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाउने कांग्रेसको कुनै तयारी नरहेको स्पष्ट पारे।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको बैठकमा प्रतिनिधिसभामा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको बताए। उनले केन्द्रीय समितीको बैठकमा निर्वाचनको समिक्षा, राजनीतिक घटनाक्रमको समिक्षाका साथै सरकार गठनमा किन चुक्यो भन्ने बिषयमा छलफल गर्दै नयाँ मार्ग तय गर्ने धारणा राखे।

बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया आरम्भ गर्ने निर्णय पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *