पार्टी एकताका लागि माओवादीले बनायो पाँच सदस्यीय कार्यदल

डिसी नेपाल
२३ पुष २०७९ १७:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी दलसँगको एकताका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ । आज बसेको केन्द्रीय कार्यालयको बैठकले  उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा , सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छ ।

माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको अन्तिम तयारी गरिरहेको छ । आज बालुवाटारमा नेसपाका नेता र प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डबीच छलफल समेत भएकोथियो ।

पार्टी एकतालाई निष्कर्षमा पुग्ने गरी कार्यदलले गृहकार्य गर्ने नेता गिरिराजमणि पोखरेलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *