६० सांसदको समर्थनसहित प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी

आजै सानो आकारको मन्त्रिमण्डल गठनको तयारी

डिसी नेपाल
२४ पुष २०७९ १६:३७

विराटनगर । प्रदेश १ एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन् छन् ।

कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले नेता कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने बताइएको छ।

प्रदेश १ प्रदेशसभामा ९३ सांसद छन्। सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ । एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना प्रदेशसभा सांसदको समर्थनमा एमालेले दाबी पेश गरेको छ ।

प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसद छन् ।

मुख्यमन्त्रीको दाबी पेशसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिएको एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *