कास्कीमा सार्वजनिक ठाउँमा धुम्रपान गरे १ सय जरिवाना

डिसी नेपाल
२५ पुष २०७९ १०:४८
120
Shares

पोखरा। कास्कीका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ। माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीलगायत संघ संस्थाहरुले सरकारले जारी गरेको ऐन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो।

त्यसैका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको छ। अब माघदेखि सार्वजनिक स्थलमा धूम्रपान सेवन गरेमा १ सय रुपैयाँ जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। त्यसका लागि पुस मसान्तभित्र सबैलाई जानकारी गराउने उनले बताए।

कास्की जिल्ला प्रहरी प्रमुख एसपी अजय केसीले नियम कार्यान्वयनका लागि आफुहरु तयार रहेको बताए। गण्डकी प्रदेश सभाले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि छुट्टै कानून पास गरेको छ। तर उक्त ऐन अहिलेसम्म कार्यान्वयनमा आएको छैन। जिल्ला प्रशासनमा भएको छलफलबाट प्रचारप्रसार, समन्वय तथा अनुगमन समिति बनाइएको छ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुखको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, सामुदायिक प्रहरी सेवा कास्की, जिल्ला समन्वय समिति र यसका ७ वटा शाखाका प्रतिनिधि रहेका छन्। नागरिक समाज, पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र रिकभरि नेपालका प्रतिनिधिहरु पनि समितिको सदस्य छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *