चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन

डिसी नेपाल
२५ पुष २०७९ २०:२८
20
Shares

काठमाडौँ । नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशन/सम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशन/सम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रको सहसंयोजक रचना खड्काका एमालेमा राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेशागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेशन नेपाल गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।

एमालेको तत्कालीन नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता भइपछि जनवर्गीय सङ्गठनको समयमा हुनुपर्ने राष्ट्रिय सम्मेलन र अधिवेशन हुन सकेका थिएन । उनले जनवर्गीय सङ्गठनलाई केन्द्रीय कमिटी बैठकलगायत विधानले व्यवस्था गरेका स्थानीय तहसम्मका अधिवेशन/सम्मेलन, बैठक, भेला तथा प्रशिक्षण अविलम्ब र नियमित गर्न निर्देशन दिएको बताए ।

जनसङ्गठन आमजनसमुदायमा पुग्ने भरपर्दो वर्गीय, सामुदायिक र पेशागत सङ्गठन भएकाले यिनीहरु जति सक्रिय हुन्छन्, त्यति नै पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने एमालेले ठहर गरेको छ ।

त्यसैगरी लक्षित समुदायको पहिचान गरी अभियानका रुपमा सदस्यता विस्तारलाई तीव्रता दिने एमालेले जोड दिएको छ । “प्रत्येक जनसङ्गठनका अलग–अलग कार्यक्षेत्र, कार्य–प्रकृति र सरोकार रहेका छ । आआफ्नो वर्ग, समुदाय र पेशाका माग र मुद्दालाई बलियो गरी नपरेसम्म बलियो सङ्गठन बनाउन सकिँदैन भन्नेमा हामी स्पष्ट नै छौँ”, एमाले काभ्रेको धुलिखेलमा सम्पन्न भएको जनसङ्गठन भेलाले आज जारी गरेको घोषणापत्रमा भनिएको छ, “अतः पार्टीलाई बलियो बनाउन, आफ्नो सङ्गठनलाई नेता सङ्गठनका रुपमा स्थापित गर्न र आआफ्नो वर्ग, समुदाय र पेशाका हितलाई प्रवद्र्धन गर्नका लागि सिर्जनशील रुपमा क्रियाशील हुने अठोट व्यक्त गर्दछौँ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *