लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

डिसी नेपाल
२६ पुष २०७९ ७:४४
64
Shares

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिने अघिल्लो दिन लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

लोसपाले विश्वासको मत दिने नदिने निर्णय लिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो। प्रतिनिधिसभामा लोसपामा चार सांसद छन्।

नेपालको संविधानको धारा ७६ ९२० अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए। उनको पक्षमा १६९ मत छ। तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *