१ बजे बस्ने गरी संसद बैठक सर्‍याे

डिसी नेपाल
२६ पुष २०७९ १०:२४
140
Shares

काठमाडौं। ११ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सरेको छ। संसद सचिवलयका अनुसार संसद बैठक दिउँसो १ बजे बस्ने गरी सरेको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा ७६ ९२० अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए। उनको पक्षमा १६९ मत छ। तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *