नेकपा एसमा प्रवेश गर्दै घनश्याम भुसाल (प्रस्तावसहित)

डिसी नेपाल
२६ पुष २०७९ १२:२८

काठमाडौं । नेकपा (एमाले) त्यागेर गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन्।

भुसाल केही दिनभित्रै एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन्। सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि तत्कालिन एमालेमा विद्रोह गर्ने (दश भाई) समुहमा रहेका भुसाल तत्कालिन समयमा एमालेमै बसेका थिए ।

एमालेको दसौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका थिए।

मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेर एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो।

एकीकृत समाजवादीमा प्रवेश गर्न उनले एउटा प्रस्ताव पनि ल्याएका छन्।

हेर्नुहोस प्रस्ताव:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *