विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्दै कांग्रेस

डिसी नेपाल
२६ पुष २०७९ १२:३२

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन परिसरमा जारी बैठकमा पार्टीका पदाधिकारीसहित कार्यसम्पादन समितिका सदस्य उपस्थित छन्। बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्नेछ। त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ।

यसअघि आज बिहान सभापति देउवा निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा पनि विश्वासको मतका सम्बन्धमा छलफल भएको थियो। प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वास मत मागेका थिए।

जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताएका थिए। प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्नुहुने कार्यसूची छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *