वाग्मती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय
हेटौँडा । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्रालय सङ्ख्या घटाउने निर्णय गरेका छन्। उनले आज प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्।
मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको सङ्ख्या कटौती गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन्। कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ। पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले आम जनगुनासोलाई सम्बोधन गर्न प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने निर्णय गरिएको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment