कर्णालीका मुख्यमन्त्री शाहीले जाँदाजाँदै सार्वजानिक गरे आफ्नो कार्यकालको बयान

डिसी नेपाल
२६ पुष २०७९ १६:१०

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जाँदाजाँदै १५ महिने कार्यकालको फेहरिस्ता सुनाएका छन्। उनले यस अवधिका गरेको कामलाई खास उपलब्धी मान्दै कर्णाली सम्वृद्धि अभियानको आधार तयार गरेको दाबी गरे। एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेको पनि बताए। आज आयोजित कार्यक्रममा उनले ४३५ दिने कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार ११३ किलोमिटर सडक ग्राभेल र ६२२ किलोमिटर कच्ची सडक निर्माण पनि भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, आठ वटा सडक पुल निर्माण सम्पन्न भएका छन्। एक हजार पाँच सय ७१ वटा जनता आवास र एक सय एक वटा विपन्नका घर निर्माण भएको बताए। यस्तै, सात वटा सडक आयोजनालाई वहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *