एक महिनादेखि कृषि कार्यालय मुगु प्रमुखविहीन

डिसी नेपाल
२८ पुष २०७९ २०:१२

मुगु ।  मुगु जिल्लामा रहको एक सरकारी कार्यालय विगत एक महिनादेखि कार्यालय प्रमुखविहीन रहेको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको कृषि विकास कार्यालय मुगुमा विगत एक महिना बढीदेखि कार्यालय प्रमुखविहीन भएको हो ।

यहि मंसिर १२ गते खेमराज शाही सरुवा भई संघीय मन्त्रालयमा गई र काजमा जुम्ला फर्किएपछि अहिले कृषि विकास कार्यालय मुगु प्रमुखविहीन रहेको कृषि विकास कार्यालय मुगुले जनाएको छ ।

कार्यालयमा प्रमुखविहीन भएको आज ठ्याक्कै ४८ दिन पुगेको छ । कार्यालयले दिएको जानकारी अनुसार मन्त्रालयले हालसम्म कुनै पनि कार्यालय प्रमुख पठाउने चाँसो देखाएको छैन । कार्यालय प्रमुख नहुँदा विभिन्न प्रकारका कार्य सम्पादन गर्न असहज बातावरण भएको जनाइएको हो ।

कार्यालय प्रमुख नहुँदा विशेष गरेर प्रशासनिक, आर्थिक कारोवार तथा अन्य कार्य सम्पादनमा समेत समस्या भएको कृषि विकास कार्यालय मुगुका अधिकृत हिक्मत राज गिरीले बताए । उनका अनुसार निवर्तमान कार्यालय प्रमुख शाहीले रमना बुझि गए पश्चात हाल आफूले कार्यभार सम्हालेको बताए ।

हाल यस कार्यालयका कर्मचारीले स्थलगत रूपमा अगाडी भएका योजनाको फिल्ड भेरिकेसन गर्ने कार्यमात्र गरिरहेको सूचना अधिकारी टेकबहादुर खत्रीले जानकारी दिए ।

कृषि विकास कार्यालय मुगुमा कार्यालय प्रमुखमात्र होइन योजना शाखा पनि प्रमुखविहीन भएको छ । विशेष गरेर अन्य शाखा भन्दा योजना शाखा अति आवश्यक शाखा हो । तर शाखामा कर्मचारी नुहँदा योजना छनौट, विनियोजनमा पनि थप समस्या उत्पन्न भएको सूचना अधिकारी खत्रिको भनाई छ । कार्यालयमा तीन वटा अधिकृतको कोटा खालि रहेको छ ।

यस कार्यालयको कार्य सम्पादनमा भएको समस्यालाई मध्येनजर गर्दे मन्त्रालयमा जानकारी गराउँदा कुनै पनि सुनुवाई नगरेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयमा हाल एक वडा एक प्राविधिक, एक जना सवइन्जिनियर र एक जना असिस्ट्रेन्ट इन्जिनियर करार कर्मचारी रहेका छन् ।  कार्यालयले गत वर्ष योजनाको कार्यान्वयन नगरि ६६ वटा योजना फिर्ता पठाएको थियो । कार्यालयले समय अभावका कारण ६६ वटा योजना फिर्ता पठाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *