पाठेघरसम्वन्धी समस्य लुकाएर बस्दै मुगुका महिला

डिसी नेपाल
२९ पुष २०७९ ८:२९

सुर्खेत। उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्य देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोशिलो खाना , भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्य आएको हो।

स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ मा छायाँनाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ ।

सदरमुकाम रहेको पालिका भित्र पाठेघर धेरै समस्य भएका महिलाहरुको उमेर कम रहेको पाइएको छ । सदरमुकाम स्वास्थ्य सेवा कार्यालय सम्मा पहुँच भएको पालिका हो । अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ संख्य भारी भएको अनुमान लगाएको छ ।

स्वास्थ्य सेवा र्काालय मुगुकी सिनियर अनमी रामदेवी केसी सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन्  ।

पाठेघर खसेका वा समस्यमा परेका महिलाहरुले सेवा लिनका लागि लाज मान्ने , नखुल्ने भएका कारण वषौँ देखि समस्या लुकाएर बसिरहेको उनले बताइन् ।

सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ । खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको संख्य धेरै भएपनि पीडित खुल्न नसकेको बताइएको छ ।

डा। मीना हमाल ९चौलागाईं०ले उमेर नपुग्दै विहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरुमा समस्य देखिएको बताइन् । शिक्षा तथा पारिवारिक दबाबका कारण समस्य लुकाएर बस्न बाध्य भएको उनको भनाई छ । पाठेघरमा ‘रिङ पे्रसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *