कविता : अब कुन रुपले प्रतिपक्षमा बस्ने
जुन जुन जोगी आए पनि
सँगै सँगै खरानी घस्ने
जति भीड जस्ताजस्ता भएनि
त्यही मिनीबस भित्र पस्ने
भष्ट्राचार भो सुशासन खोइ भन्दै
सत्ता मोह मै फस्ने
जय सत्ता जय सत्तापक्ष भन्दै
अब कुन रूपले प्रतिपक्षमा बस्ने।
प्रतिपक्षमा बस्न त
दह्रो नै मुटु चाहिन्छ
सधैँभरी दहीचिउरे भएर
यो स्थान कहाँ पाइन्छ
सरकारको लगाम छुटने भो
अब कस्ले पो समाउने
जनताको हरिविजोग हुने भो
सरकार मात्र एकतर्फी रमाउने।
सबै खेलाडीले एउटै पोष्टमा
गोल गर्ने खेल कस्तो
रेर्फीलाई पनि हाइसन्चो
सबैको मेल हो कि झेल कस्तो
बाँडीचुडी कप सप्पैले बोकेपछि
प्रतिपक्ष भनि कसले पत्त्याउला
बाह्य प्रभावसाली शक्तिले मात्र
मज्जाले देश बत्याउला।
आ-आफ्नो सत्ता मुठ्ठीमा
अब आ-आफै नै कस्ने
युवा युवतीका बिछोडका आँसु
खाडी मुलुकतिर खस्ने
सत्ताकै लाइनमा बिश्वासको मत दिन
स्वर्ग नै पुगिन्छ कि झैँ गरि हाँस्ने
जय सत्ता जय सत्तापक्ष भन्दै
अब कुन रूपले प्रतिपक्षमा बस्ने।
जनवरी १०, २०२३
लस एन्जेलस
No ads found for this position




Facebook Comment