बेहुलीले आफ्नो बिहेमा ५ पूर्व प्रेमीलाई बोलाइन्

डिसी नेपाल
३० पुष २०७९ १५:००

काठमाडौं । एउटी बेहुलीले आफ्नो विवाहमा आफ्ना पूर्व प्रेमीलाई पनि निम्तो गरिन् । कार्यक्रममा उनीहरूको विशेष ख्याल राखिएको थियो । उनीहरुको खानाका लागि विशेष टेबुल पनि राखिएको थियो । यसका तस्बिरहरू सामाजिक सञ्जालमा आएका छन् । अहिले प्रयोगकर्ताले यसबारे विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कुरा चीनको हुबेई प्रान्तको हो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो विवाह ८ जनवरीमा भएको थियो, जसका तस्विरहरू चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशित भएका छन्। यी तस्विरहरूमा, पाँच जना पुरुषहरू डिनर टेबलमा बसिरहेको देखाइएको छ। विवाहमा विशेष निमन्त्रणा गरिएका यी पाँचजना दुलहीका पूर्व प्रेमी भएको दाबी गरिएको थियो ।

ती पाँचजनाको अगाडि एउटा नेम प्लेट राखिएको थियो जसमा ‘टेबल अफ ब्वाइफ्रेन्ड्स’ लेखिएको थियो । तिनीहरू शान्तिपूर्वक सँगै बसिरहेका थिए, तर अलि असहज देखिन्थे। उनीहरूसँगै टेबुलमा दुई महिला पनि बसेका थिए ।

तस्बिरहरू देखेर प्रयोगकर्ताहरूले यसलाई ‘अहिलेसम्मको सबैभन्दा अनौठो पर्व’ भनेका छन्। एक प्रयोगकर्ताले लेखेका छन् – आफ्नो विवाह भोजमा पूर्व प्रेमीहरूलाई निम्तो दिनु साहसको काम हो। यसले सम्बन्ध बिग्रन पनि सक्छ । अर्का प्रयोगकर्ताले भने- दुलही के प्रमाणित गर्न चाहन्थिन् ? तेस्रोले लेख्यो- साँच्चै, म अचम्ममा छु। अर्को प्रयोगकर्ताले सोधे- दुलहाको प्रतिक्रिया कस्तो थियो ?

यसैबीच, केही प्रयोगकर्ताहरू दुलहीको यो कार्यबाट रिसाए। धेरै प्रयोगकर्ताहरूले भने कि टेबलमा बसेका पाँच जना पुरुषहरूको अनुहार एकअर्कासँग मिल्दोजुल्दो छ। के तिनीहरू दाजुभाइ होइनन्?

यद्यपि, चीनमा पूर्व प्रेमीहरूलाई विवाह भोजमा निमन्त्रणा गरिएको खबर पहिलो पटक होइन। जुन २०२२ मा, एउटा भिडियो भाइरल भयो जसमा नौ जना पुरुष ‘पूर्व ब्वायफ्रेन्ड्स टेबल’मा बसेको देखाइएको थियो। यस्तै एउटा घटना ग्वाङडोङ प्रान्तबाट पनि बाहिर आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *