यसरी पो आएछन्

बालकुमारी घिमिरे "गजलिका"
३० पुष २०७९ १५:०७

काल के हो चिनेर आएछन्
रोग उनले जितेर आएछन्

बन्दथे बाघझैँ उनी पहिले
आज आफैं झुकेर आएछन्

द्रव्यमात्रै सदैव रोज्नेले
सुन र चाँदी छोडेर आएछन्

दारुको स्वादमा झुमेकाले
खाकले शिर भरेर आएछन्

चन्द्रको रश्मि चुम्छु भन्नेले
हार के हो बुझेर आएछन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *