श्रीलङ्काका ४६ अवैध आप्रवासी पक्राउ

डिसी नेपाल
३० पुष २०७९ १६:३८
24
Shares

कोलम्बो । अवैध रूपमा फ्रान्सको विदेशी टापु ला रियुनियनमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्कालीलाई पक्राउ परेका छन् । यहाँको नौसेनाले शनिबार सोबारे तथ्याङ्क सार्वजनिक गरेको छ।

नौसेनाले विज्ञप्ति जारी गर्दै ती आप्रवासीहरू गत वर्ष डिसेम्बरमा कोलम्बोबाहिरको तटीय शहर नेगोम्बोबाट माछा मार्ने ट्रलरमा सवार थिए ।

शुक्रबार राति पक्राउ परेका समूहमा माछा मार्ने जहाजका चालक दलका सदस्य, दुई महिला र एक बालकसहित ४३ जना पुरुष रहेको र उनीहरुलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान विभागमा बुझाइने नौसेनाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *