इजरायली आक्रमणमा परी दुई प्यालेष्टिनीको मृत्यु

डिसी नेपाल
३० पुष २०७९ २२:१८

रामल्ला । इजरायली सेनासँगको झडपमा शनिबार बिहान दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “उत्तरी पश्चिमी किनाराशहर जेनिनको दक्षिणमा रहेको एक गाउँमा इजरायली सेनासँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको छ ।”

इजरायली सेनासँग जाबा गाउँको प्रवेशद्वारमा भएको झडपमा २४ वर्षीय इजदीन हमामरेह र २३ वर्षीय अमजद खलैलेहको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । घटनाबारे थप विवरण दिइएको छैन । यद्यपि प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार इजरायली सेनाले एउटा गाडीमा गोली चलाउँदा कारमा सवार दुई युवकको मृत्यु भएको थियो ।

यसैबीच इजरायली सेनाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै प्यालेस्टाइनी संदिग्धहरूले इजरायली सैनिकहरूमाथि कारबाट गोली चलाएको र सैनिकहरूले जवाफी गोली चलाउँदा कारमा सवार दुई लडाकूको मृत्यु भएको बताएका छन् ।

प्यालेस्टिनीे स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ यता इजरायली सेनाले वेस्ट बैंक र पूर्वी जेरुसेलममा गरेका कारबाहीमा १२ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *