२२ वटा लघुवित्तले गरे लाभांश घोषणा, कुन कम्पनीको कति ?

डिसी नेपाल
१ माघ २०७९ १२:४३

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये २२ वटा लघुवित्तले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट  बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा जल्पा सामुदायिक लघुवित्त, महिला लघुवित्त, आधिखोला लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएमडिसी लघुवित्त, साना किसान विकास लघुवित्त, छिमेक लघुवित्त, महुली लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघुवित्त, नेरुड लघुवित्त, मिर्मिरे लघुवित्त, स्वावलम्बन लघुवित्त, निर्धन लघुवित्त, साधना लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त, आरएसडिसी लघुवित्त, एनएमबि लघुवित्त र गुराँस लघुवित्त रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सबै भन्दा बढी लाभांश जल्पा सामुदायिक लघुवित्तले घोषणा गरेको छ भने सबै भन्दा काम गुराँस लघुवित्त वित्तीय संस्थाले वितरण गर्ने भएको छ।

सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार जल्पा सामुदायिक लघुवित्तले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ।  जल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । त्यस्तै, गत आवको वितरणयोग्य नाफाका आधारमा सबैभन्दा काम गुराँस लघुवित्तले सबै भन्दा कम ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश दिन भएको छ ।

त्यस्तै, महिला लघुवित्तले आफ्ना लगानीकर्तालाई ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। आधिखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले आफ्नो सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांशसहित ३१.५८ प्रतिशत लाभांश दिने भएका छन्।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिसह्त नगद लाभांशसहित ३० प्रतिशत, आरएमडिसी लघुवित्त र साना किसान विकाश लघुवित्तले २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद लाभांशसहित २७.३७ प्रतिशत, छिमेक लघुवित्तले २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांशसहित २५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

लाभांश घोषणा गरेको महुली लघुवित्तले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशगरी कूल २५ प्रतिशत, स्वरोजगार लघुवित्त र नेरुड लघुवित्तले २२ प्रतिशत  बोनस सेयर र १.६ प्रतिशत नगद लाभांशसहित २३.६ प्रतिशत, डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११. ०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत वितरण गर्ने भएको छ।

त्यस्तै, मिर्मिरे लघुवित्तले २३ प्रतिशत बोनस सेयर, स्वावलम्बन लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत, निर्धन लघुवित्त, साधना लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत र मेरो माइक्रोफाइनान्सले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत वितरण गर्ने भएको छ।

यता, मिथिला लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांशसहित १५.७९ प्रतिशत, आरएसडिसी लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांशसहित ११ प्रतिशत र एनएमबि लघुवित्तले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांशसहित १०.५३ प्रतिशत रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *