इरानले बेलायती नागरिकलाई फाँसी दिएपछि बेलायती प्रधानमन्त्री आक्रोशित, चुनौती दिने घोषणा गरे

डिसी नेपाल
१ माघ २०७९ १०:४०

काठमाडौं । अलिरेजा अकबरीलाई इरानमा फाँसी दिइएको खबर आएपछि बेलायती सरकारले बेलायती नागरिकलाई फाँसी दिने इरानको कदमलाई चुनौती दिने बताएको छ ।

प्रधानमन्त्री ऋषि सुनकले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा लेखेका छन्, “यो एक घृणित र कायरतापूर्ण कार्य थियो। यो एक क्रूर शासनले गरेको हो जसले आफ्नै जनताको मानव अधिकारको सम्मान गर्दैन।”

बेलायत र इरानको दोहोरो नागरिकता भएका अलिरेजा अकबरीलाई फाँसी दिइएको इरानको सरकारी सञ्चारमाध्यममा शनिबार समाचार आएको थियो । अकबरीलाई मृत्युदण्ड दिइएको थियो ।

उनको मृत्युदण्डको खबर इरानको सरकारी टेलिभिजनमा शनिबार सार्वजनिक गरिएको थियो । “अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको छ,” उद्घोषकले भने।

उनी भ्रष्टाचार र जासुसी मार्फत देशको आन्तरिक र बाह्य सुरक्षा कम गरेको अभियोगमा दोषी पाइएका थिए। इरानको गुप्तचर मन्त्रालयले यसअघि अकबरी बेलायती जासुसी सेवाको निकै महत्त्वपूर्ण एजेन्ट भएको बताएको थियो। उनले देशको बारेमा जानकारी शत्रुको गुप्तचरलाई दिइरहेका थिए।”

अलिरेजा अकबरी इरानका पूर्व उप रक्षामन्त्री थिए। उनी सन् २०१९ मा पक्राउ परेका थिए । उनीमाथि बेलायतका लागि जासुसी गरेको आरोप लागेको थियो । उनले यी आरोपहरू अस्वीकार गर्दै आएका थिए।

बेलायतले इरानलाई अकबरीलाई दिइएको मृत्युदण्ड रोक्न र जतिसक्दो चाँडो रिहा गर्न आग्रह गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *