ऋषि सुनकले भने, ‘बेलायतले युक्रेनलाई च्यालेन्जर २ ट्याङ्क दिनेछ’

डिसी नेपाल
१ माघ २०७९ ११:१६

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले बेलायतले युक्रेनलाई च्यालेन्जर २ ट्याङ्क दिने जनाएको छ ।

ऋषि सुनकको कार्यालयका अनुसार प्रधानमन्त्रीले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेपछि यो निर्णय गरिएको हो ।

यससँगै अन्य उपकरण पनि युक्रेनलाई दिने ऋषि सुनकले बताएका छन् ।

बीबीसीका राजनीतिक मामिलाका संवाददाता डेभिड वालेस लकहार्टले अहिलेसम्म प्राप्त जानकारी अनुसार बेलायतले युक्रेनलाई १२ वटा च्यालेन्जर २ ट्याङ्क दिन सक्ने भए पनि कतिवटा ट्याङ्क युक्रेनलाई दिने भन्ने कुरा अझै स्पष्ट नभएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दुई नेताबीच हालैका दिनमा रुसी सेनालाई पछाडि धकेल्ने सफलता हासिल गर्ने र विश्व स्तरमा सैन्य सहयोग र कूटनीतिक सहयोग बढाउने विषयमा कुराकानी भएको छ ।’

बेलायतको च्यालेन्जर २ ट्याङ्क करिब २० दशक पुरानो भएपनि युक्रेनको लागि यो युद्धको मैदानमा सबैभन्दा आधुनिक ट्याङ्क हुनेछ ।

सन् १९९० को दशकको उत्तरार्धमा बनेको यो ट्याङ्क वास्तवमा रुसी सेनाको सामना गर्न बनाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *