चीन र भुटान सीमा विवाद समाधान गर्न सहमत

डिसी नेपाल
१ माघ २०७९ १५:२५
16
Shares

काठमाडौं । चीन र भुटानले सीमा विवाद समाधानका लागि वार्तालाई गति दिन ‘सकारात्मक सहमति’ गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार तीन चरणको रोडम्यापमा भएको सम्झौतालाई कार्यान्वयन गर्नेतर्फ कदम चालिनेछ।

चीन–भुटान सीमा विवाद सम्बन्धी ११ औं विज्ञ समूहको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा सम्पन्न भएको छ । त्यसपछि शुक्रबार दुवै देशले संयुक्त वक्तव्य जारी गरेका छन् ।

भुटानको चीनसँग ४७७ किलोमिटर लामो सीमाना छ। दुई देशबीचको सीमा विवाद समाधानका लागि २४ चरणको बैठक भइसकेको छ ।

चीन र भुटानबीच कूटनीतिक सम्बन्ध नभए पनि सम्पर्क कायम राख्न दुई देशबीच औपचारिक भ्रमण हुने गरेको छ ।

चीनको भारत र भुटानसँग सीमा विवाद छ । धेरै प्रयासपछि पनि कुनै नतिजामा सहमति जुट्न सकेको छैन ।

११ औं समूहको बैठक स्पष्ट, सौहार्दपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको दुवै देशले संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यससँगै सीमा वार्तालाई गति दिन तीन चरणको रोडम्यापमा भएको एमओयूको कार्यान्वयनका विषयमा पनि गहिरो आदानप्रदान भएको थियो ।

चीन र भुटानले सीमा विवाद समाधानका लागि वार्तालाई तीव्रता दिन एमओयूमा हस्ताक्षर गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *