एयर इन्डिया केस : महिलाले आफैंले सिटमा पिसाब गरेको आरोपको जवाफ दिइन्
काठमाडौं । एयर इन्डियाको फ्लाइटमा एक महिला यात्रुमाथि पिसाब गरेको मामिलामा महिलाले आरोपित शंकर मिश्राको आरोपको जवाफ दिएकी छन् ।
शंकर मिश्रले आफूले महिलामाथि पिसाब नगरेको तर महिला आफैले सिटमा पिसाब गरेको आरोप लगाएका थिए । अब ती महिलाले यी आरोपहरू पूर्णतया झुटो, मनगढन्ते र अपमानजनक भएको बताएकी छन् ।
शंकर मिश्रामाथि उडानका क्रममा एक वृद्ध महिला यात्रुमाथि पिसाब गरेको आरोप लागेको छ । त्यस क्रममा उनी मादक पदार्थ पनि सेवन गरेका थिए । यो घटना २६ नोभेम्बर २०२२ मा न्यूयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा भएको हो ।
मजिस्ट्रेट अदालतले शंकर मिश्रलाई हिरासतमा राखेर सोधपुछ नगर्न आदेश दिएको थियो, जसविरुद्ध प्रहरीले निवेदन दिएको थियो ।
यस निवेदनको विरुद्धमा बहस गर्दै अभियुक्तका वकिलले शुक्रबार आरोपीले अपराध नगरेको तर महिलाले सिटमा पिसाब गरेको दाबी गरे ।
अब महिलाका वकिल अंकुर महिन्द्रोले भनेका छन्, ‘यी आरोपहरू पूर्णतया झुटो र मनगढन्ते हुन् । यससँगै यो महिलाको लागि अपमानजनक पनि छ । यी आरोपहरू अभियुक्तहरूले जमानत निवेदनमा दिएको बयानसँग पूर्णतया विरोधाभासपूर्ण छन्।







डिसी नेपाल







Facebook Comment