लिथियम, सुनजस्ता धेरै खनिजको भण्डार भेटिने सम्भावनापछि सरकारले दोस्रो चरणको उत्खनन गर्ने

डिसी नेपाल
१ माघ २०७९ १६:४६
96
Shares

काठमाडौं । बिहारमा प्रारम्भिक उत्खननका क्रममा सुन, लिथियम, म्याग्नेटाइट, कोइला र केही दुर्लभ रेयर अर्थको भण्डार भेटिने सम्भावना पछि सरकारले सम्भावित क्षेत्रमा थप उत्खनन गर्ने निर्णय गरेको छ।

बिहारका अतिरिक्त मुख्य सचिव सह खनिज आयुक्त हरजीत कौर बुमराहले समाचार एजेन्सी पीटीआईलाई भने कि गयाको अजयनगरमा सुनको खोजीमा गरिएको प्रारम्भिक खननको आधारमा थप खानी हुने तीन क्षेत्रहरू पहिचान गरिएको छ।

उनले भने, ‘जमुई जिल्लाको परमानिया–टेटारिया क्षेत्र वरपर भेटिएका नमूनामा ‘लिथियम’ र त्यससँग सम्बन्धित रणनीतिक खनिजको सम्भावनाको खोजीमा विश्लेषण भइरहेको छ ।

उनले भने, ‘प्रारम्भिक उत्खननको नतिजा आएपछि राज्यका केही क्षेत्रमा सुन, लिथियम, म्याग्नेटाइट, कोइला र अन्य दुर्लभ धातुको भण्डार हुन सक्ने सम्भावना बलियो भएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *