उपसभामुखमा सोविता गौतम!

डिसी नेपाल
३ माघ २०७९ ११:१७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीलेसत्तागठबन्धनमा उपसभामुख पाउने भएको छ। उसले सोविता गौतम वा चन्दा कार्कीमध्ये एकलाई उपसभामुख बनाउने भएको छ ।

रास्वपाले आफ्नो भागमा परेका मन्त्रालयमा जानेको नाम टुंगो लगाएको छ। रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ।

यसअघि पार्टी अध्यक्ष उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्। रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ।

रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा तोसिमा कार्कीलाई पठाउने भएको छ। सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन्।

रास्वपाले यसअघि स्वास्थ्यमन्त्री दाबी गरिरहेको थियो। तर एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि रास्वपाले इज्जतकै लागि भए पनि डा. कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *