राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

डिसी नेपाल
४ माघ २०७९ ११:१४
416
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही मनोनयन भएका छन्।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा मनोनयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

शाही मन्त्रीका आकांक्षी थिए। जुम्लाबाट जितेर आएका शाहीले आफू मन्त्री बन्ने भन्दै भोट मागेका थिए। प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ।

आफूलाई पार्टीले उचित भूमिका नदिएको भन्दै शाही असन्तुष्ट बनेका थिए। राप्रपाका निर्वाचित सातमध्ये चारजना मन्त्री बनिसकेका छन्। सोही कारण अध्यक्ष लिङ्देनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *