राज्यमन्त्री सिर्पालीले लिइन् शपथ

डिसी नेपाल
४ माघ २०७९ १५:०५
208
Shares

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्मन्त्री सुशिला सिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ खाएकी छन्।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त राज्यमन्त्री सिर्पालीलाई शपथ ग्रहण गराएका हुन्।

नवनियुक्त ११ मन्त्री र दुई राज्यमन्त्रीले मंगलबार शपथ लिएका थिए। मंगलबार दिउँसो १ बजे शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरू र प्रधानमन्त्री प्रचण्डले नवनियुक्त राज्यमन्त्रीलाई पद तथ गोपनीयताको शपथ खुवाएका हुन्।

राष्ट्रपतिले पहिले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई शपथ खुवाएकी थिइन्। त्यसपछि अन्य मन्त्रीहरूले शपथ लिएका थिए। विस्तारसँगै मन्त्रिपरिषदको संख्या २३ पुगेको छ। जसमा प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *