कर्णालीको उपसभामुखमा माओवादी नेतृ यशोदा न्यौपाने विजयी
सुर्खेत। कर्णाली प्रदेश सभाको आज भएको उपसभामुख पदको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ यसोदा न्यौपाने विजयी भएकी छिन्।
४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्यहरू सहभागी थिए।
ती प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ र विपक्षमा १४ मत खसेको हो। यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन्। उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment