सरकारी निवास बालुवाटार सरे कामु प्रधानन्यायाधीश कार्की

डिसी नेपाल
४ माघ २०७९ २१:५०
36
Shares

काठमाडौं । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज सरकारी निवास बालुवाटार सरेका छन् । उनले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गरेका थिए ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत मङ्सिर २८ गतेदेखि निवास छाडेको भए पनि मर्मतसम्भारको काम भएका कारण कार्की सरकारी निवासमा आज सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

तत्कालीन प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि पनि उनी सरकारी निवासमै थिए । उनको अनिवार्य अवकाश भएपछि उक्त भवन खाली भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *