विश्व इतिहासमा भएका मुख्य घटनाक्रम

डिसी नेपाल
६ माघ २०७९ ६:५४
20
Shares

आज २० जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अमेरिकामा पहिलो अश्वेत राष्ट्रपति

सन् २००९ मा अमेरिकामा बाराक ओबामाले राष्ट्रपतिको सपथ लिएका थिए। अमेरिकी इतिहासमा पहिलो पटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने ओबामा पहिलो व्यक्ति हुन्।

इरान बन्धक अन्त्य

इरानले बन्धक बनाएर राखेका दर्जनौं अमेरिकी नागरिकलाई महिनौंपछि सन् १९८१ को २० जनवरीमा रिहा गरिएको थियो। मुस्लिमहरुको समूहले बन्धक बनाएका ५२ अमेरिकीलाई ४४४ दिनपछि रिहा गरिएको थियो।

बंगलादेश स्वतन्त्र युद्धको बिजारोपण

सन् १९६९ मा एक पाकिस्ताका एक विद्यार्थी कार्यकर्ताको हत्या पूर्वीपाकिस्तानको विभाजनको कारक र सार्वभौमसत्ता तथा स्वतन्त्र बंगलादेश स्थापनाको मुख्य आधार बनेको थियो। २० जनवरीमा पूर्वी पाकिस्तानमा आन्दोलनरत एक विद्यार्थीको हत्या भएको थियो।

अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति

सन् २०२१ को २० जनवरीमा कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन्। डेमोक्रयाटिक पार्टीकी राजनीतिज्ञ ह्यारिस भारतीय मूलकी महिला हुन्।

५६ वर्षीय ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *