अर्जेन्टिनामा शक्तिशाली भूकम्प
व्युनर्स आयर्स। अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ।
अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्प अर्जेन्टिनाको सान्टियागो डेल एस्टेरो प्रान्तको मोन्टे क्वेमाडोबाट १०४ किलोमिटर टाढा थियो। पाराग्वे र अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक भएको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment