पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
काठमाडौँ। नेपालको पश्चिमी क्षेत्रमा साेमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएकाे छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीका कारण साेमबार रातिबाट नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको छ।
माहाशाखाका अनुसार साेमबार साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने र जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ।
मंगलबार दिउँसोदेखि हिमपात र वर्षा हुने अनुमान पनि गरिएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना देखिएको छ भने दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल काठमाडौं उपत्यकाको मौसम भने सफा देखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment