दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु

डिसी नेपाल
११ माघ २०७९ २१:४६

लमजुङ । लमजुङमा दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण कार्य सुरु भएको छ ।

पहिलो चरणमा दोर्दी गाउँपालिकाको ९ वटै वडाबाट विवरण संकलन कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यलय लमजुङले जनाएको छ । आइतबार देखि दोर्दीका सवै वडाबाट एकैसाथ विवरण संकलन सुरु गरिएको छ ।

विवरण संकलनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट खटिएका विवरण अपरेटरहरु वडा वडामा पुगेर विवरण संकलन गरिरहेका छन् । एउटा वडामा २ जना विवरण अपरेटर, रुजु अधिकारीे रुपमा वडा सचिव र एक जना स्वयमसेवक खटाइएको छ ।

आइतबार पहिलो दिन सिस्टम अपडेट गर्ने लगायतका काम गरिएकाले द्रुत गतिमा संकलन हुन नसकेको विभागका इन्जिनियर अबोध अलिले बताए । पहिलो दिन गाउँपालिकाका सवैवडाबाट करिव दुईसय जनाको विवरण संकलन गरिएको छ ।

दोर्दी गाउँपालिकामा करिव १० दिनमा विवरण संकलन गरिसक्ने योजना रहेको उनले बताए । दोर्दी गाउँपालिका पछि मध्यनेपाल नगरपालिकाबाट विवरण संकलन गरिने छ । आवश्यक अपरेटरहरु थप गरेर सवै पालिका र वडा मा छिटै पुगेर विवरण संकलन गरिने अलिले बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट खटिएका विवरण अपरेटरहरु दोर्दीको सवै वडामा पुगेर विवरण संकलन गरिहेका छन् ।

नागरिकता भएका हरेक नागरिकको वडाबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न थालिएको छ ।  जिल्लाकै ८ वटा स्थानीय तहबाट विवरण संकलन गरिने यो कार्य ३ महिनाभित्र सक्ने लक्ष्य लिइएको छ ।

प्रशासन कार्यालयका अनुसार लमजुङमा हालसम्म करिव ३५ हजार नगारिकले राष्ट्रिय परिचय पत्रको लागि विवरण भरेर राष्ट्रिय परिचयपत्रको नम्बर लिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *