गजल : यस्तै रहेछ

जिन्दगानी अस्थिर सवारी रहेछ
किन्तु यसको उम्दा कमानी रहेछ

दु:ख पर्दा आफन्त हट्छन् पछाडि
काँधमा हाल्ने चाहिँ साथी रहेछ

जोड्दछौं धन सम्पत्ति के हेतुले खै
काम लाग्ने आखिर सलाई रहेछ

जो प्रसंशा गर्दै थियो आज मेरो
खासमा ऊ मेरै विपक्षी रहेछ

होडबाजीको देशमा चल्छ बाढी
राज्य सत्ता आफैं बिमारी रहेछ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *