रवि लामिछानेको फैसलाको पूर्णपाठ आएपछि मात्रै गृहमन्त्री टुंगो लगाउने माओवादीको निर्णय

डिसी नेपाल
१७ माघ २०७९ १५:२५

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)कोआज बसेको पदाधिकारी बैठकले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि गृहमन्त्रीबारे निर्णय गर्ने भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता प्रकरणमा गरेको फैसलाको पूर्णपाठ आएपछि मात्रै नयाँ गृहमन्त्रीबारे निर्णय लिने भएको हो ।

प्रवक्ता कृष्णबहादुर महराले फैसलाको पूर्णपाठ आएपछि गृहमन्त्रीको टुंगो लाग्ने बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने,‘अदालतको फैसलाको पूर्णपाठ आएपछि गृहमन्त्रीको विषय टुंगो लाग्छ । अहिले प्रधानमन्त्रीसँगै छ । कसलाई बनाउने त्यतिबेला निर्णय हुन्छ ।’

केही दिन यता गृहमन्त्रीमा सरकारै दलहरुबीच खिचातानि सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसहमति अनुसार आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्रालय आफूसँगै राख्ने मनस्थितिमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *