महंगी नियन्त्रणको माग राखेर माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डिसी नेपाल
१७ माघ २०७९ १७:०१

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार बालुवाटारस्थित प्रधानजमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष नेपालले महंगीका कारण जनतालाई बाँच्नै गाह्रो भएको भन्दै महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।

देशको अर्थतन्त्र गम्भीर संकटतर्फ गएको र महंगी बढेकाले   मजदुर, किसान र सर्वसाधारण जनताले दैनिकजसो आत्महत्या गर्न थालेको भन्दै ज्ञापनपत्रमार्फत एकीकृत समाजवादील देशको आर्थिक संकट समाधानका लागि तत्कालै कदम चाल्न माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *