राष्ट्रियसभा अध्यक्षले ‘सभामुख निवास’ नछाड्दा सभामुखलाई निवास पाउन मुश्किल

डिसी नेपाल
१८ माघ २०७९ ७:०६

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराव घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन।

लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासवाट तत्कालीन सभामुख कृष्णबहादुर महरा हटेसँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए। यौन दुर्व्यवहारको आरोपमा महरा हटे पछि लामो समयसम्म रिक्त रहेको सो भवनमा तिमिल्सिना सरेका थिए।

तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासवाट तिमिल्सिना नहटे पछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो।

तर, अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन्, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गाह्राे भइरहेको छ ।

‘पुरानो सभामुख निवासवाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने? छलफलमा नै छौं,’ सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने। यद्यपि, सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *