लामिछाने बिरुद्धको उजुरी दर्ता भएन, सर्वोच्चको पूर्ण पाठपछि निर्णय हुने
काठमाडौं। सर्वोच्च अदालतको आदेशवाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलो दोहारो राहदानीबिरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन।
सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौँ प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले उनी बिरुद्धको उजुरी भने हाललाई दर्ता गरेको छैन।
काठमाडौं प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएकोह हो। निवेदनमा पौडेलले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment