इजरायली क्षेत्रहरूमा विस्फोटको आवाज, चेतावनीको साइरन गुञ्जियो

डिसी नेपाल
१९ माघ २०७९ १०:४७
52
Shares

काठमाडौं । इजरायली सञ्चारमाध्यमका अनुसार जेरोट लगायत दक्षिणी इजरायलका केही अन्य ठाउँमा आक्रमणको चेतावनी दिने साइरन सुनिएको छ।

जेरुसेलम पोस्टले स्थानीय बासिन्दाहरूलाई उद्धृत गर्दै जेरोटमा बुधबार साँझ विस्फोटको आवाज सुनिएको बताएको छ। बुधबार साँझ जेरोट नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आफ्नो सिमानामा प्रत्यक्ष आक्रमण नभएको जनाएको छ ।

यसै क्रममा समाचार एजेन्सी एएफपीले इजरायली सेनालाई उद्धृत गर्दै गाजाबाट प्रहार गरिएको रकेट हावामा खसालिएको बताएको छ ।

इजरायल र प्यालेस्टिनीबीच पछिल्लो समय तनाव बढेको छ । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको कारबाहीपछि पूर्वी जेरुसेलमको एक सभाघरमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *