राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसको रुची, अन्य दलसँग परामर्शपछि निर्णय लिने

डिसी नेपाल
१९ माघ २०७९ ११:०९
52
Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ।

बिहीबार विहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्य सम्पादन समितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेवारी दिन अन्य दलसँग छलफल गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए।

उनले अहिले नै उम्मेवारी दिने निर्णय गर्दा एकांकी निर्णय हुने भन्दै प्रतिपक्षमा रहेका दल एकीकृत समाजवादी, लोकतन्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चासँग छलफल गर्ने निर्णय गरेको लेखकले जानकारी दिए।

राष्ट्रिय सभा उपाध्यक्ष पद लामो समयदेखि रिक्त छ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको पदावधि समाप्त भएपछि सो पद रिक्त छ। रिक्त पदमा कांग्रेसले उम्मेदवारी दिन चाहेको छ।

त्यसका लागि अन्य दलसँग छलफल गरेर निर्णयमा पुग्ने लेखकले जानकारी दिए। बैठकले यही २६ गते बिहीबार संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बस्ने निर्णयसमेत गरेको छ।

राष्ट्रियसभा उपाध्यक्षको चयन यही २३ माघमा हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *